‘भट्टराईले राष्ट्रियता कमजोर पारे’

२५ श्रावण २०६९, बिहीबार ०७:१९ मा प्रकाशित

काठमाडौं, २५ साउन । विपक्षी दलका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईका कारण राष्ट्रियता कमजोर बन्दै गएको आरोप लगाएका छन् । कार्यकारी पदमा रेका व्यक्तिले नै मुलुक सञ्चालनको सांचो अन्यत्रै भएको भन्ने अभिव्यक्ति दिनु हास्यास्पद भएको उनीहरुको भनाइ छ । राजधानीमा बुधबार मिडिया भिजनद्वारा आयोजित कार्यक्रममा नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बाहिर भारतको बिरोध गर्ने र भित्रभित्रै चाकडी गर्दै लम्पसार पर्ने प्रधानमन्त्रीको व्यवहारले राष्ट्रियता कमजोर भएको आरोप लगाउनुभयो । उहांले प्रधानमन्त्रीलाई हटाउन आन्दोलनको विकल्प नभएको उल्लेख गर्नुभयो ।
एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भारतीय गुप्तचर निकायको आडमा प्रधानमन्त्रीले पद लम्याउन खोजेको दाबी गर्नुभयो । यस्तै, कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीले राजीनामा नदिंदा दिनानुदिन राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभयो । कार्यकारी पदमा रहेका प्रधानमन्त्रीले विदेशी हस्तक्षेप भएको स्वीकार गर्नु हास्यास्पद भएको लेखकको टिप्पणी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

आजको प्रमुख समाचार