गाउँपालिका अध्यक्षसँग फिरौती माग्ने उपाध्यक्ष र वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी

६ भाद्र २०७६, शुक्रबार १७:४९ मा प्रकाशित

काठमाडौँ, ६ भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई धम्की दिँदै रकम असुल्न खोज्ने काममा सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको भन्दै पक्राउ पूर्जी जारी भएको छ । प्रहरीले उपाध्यक्ष दिपशिखा दाहालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । 

प्रारम्भिक अनुसन्धानमा उपाध्यक्षसहित सोही गाउँपालिकाको ७ नम्वर वडाका वडाअध्यक्ष सुवास बोहोरा र तत्कालिन माओवादीका नेता सन्दीप भनिने ध्रुव कार्कीलाई पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु तीनै जना तत्कालिन नेकपा एमालेबाट उम्मेद्वार बनेर निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

यसअघि प्रहरीले साउन २४ गते काठमाडौंबाट २ जनालाई गोली हानी पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लोप्चन भनिने मिलन तामाङ र अमृत तामाङ छन् । उनीहरुले गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई टेलिफोन गरि २ करोड रुपैयाँ फिरौती माग्दै नदिए छोरीको अपहरण गरि हत्या गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको