सिमेन्टमा दोहोरो कर, कुन प्रदेशले कति अशुल्छन् ?

६ भाद्र २०७६, शुक्रबार १६:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ भदौ । केन्द्र सरकारले लिँदै आएको मूल्य अभिवृद्धि कर र अन्तशुल्कको अतिरिक्त विभिन्न प्रदेशले सिमेन्ट उत्पादकसँग कर लिँदै आएका छन् । सिमेन्टको उत्पादन तथा विक्रि वितरणमा मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार १३ प्रतिशत मूल्य अभिवृद्धि कर र अन्तशुल्क ऐन २०५८ अनुसार ५ प्रतिशत अन्तशुल्क सिमेन्ट उद्योगले तिर्दै आएका थिए ।

तर विभिन्न प्रदेशहरुले आर्थिक ऐन २०७६ बमोजिम शुल्क लिँदै आएका छन् । औद्योगिक उत्पादनमा संघिय कानुन अनुसार सरकारले लिँदै आएको अन्तशुल्क र मूल्य अभिवृद्धि करको १५ प्रतिशत हिस्सा प्रदेश सरकार र १५ प्रतिशत हिस्सा स्थानीय तहमा राजश्व बाँडफाँडमार्फत जाने प्रावधान छ । तर दोहोरो रुपमा प्रदेश सरकारले समेत कर लिँन थालेका छन् ।

कर्णाली प्रदेशले सिमेन्टमा कारखाना मूल्यको ०।५ प्रतिशत र ३ नम्बर प्रदेशले कारखाना मूल्यको ०।२५ प्रतिशत रकम प्राकृतिक स्रोत उपयोग शीर्षकमा लिँदै आएका छन् । यसबाहेक प्रदेश नम्बर २ ले प्रतिबोरामा १ रुपैयाँ र १ नम्बर प्रदेशले बोरामा ३ रुपैयाँ शुल्क लिँदै आएका छन् ।

राजश्व बाँडफाँडमार्फत केन्द्र सरकारले लिने कर र अन्तशुल्क स्थानीय तह र प्रदेशमा जाने प्रावधान भएकाले यसरी दोहोरो शुल्क लिने काम उद्योगमैत्री नभएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा सबै तहका सरकारलाई विभिन्न शीर्षकमा शुल्क तिर्नुपरेका कारण नेपाली सिमेन्ट दक्षिण एसियाकै महङ्गो भएको बताउँछन् । यसरी लिईने शुल्क घटाए सिमेन्ट सस्तो हुने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी