रबीले असुरक्षित महशुस भयो भनेपछि एसपी मल्लले भने, ‘बोल्दा ध्यान पुर्याउनु’

६ भाद्र २०७६, शुक्रबार १४:२९ मा प्रकाशित

चितवन, ६ भदौ । हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रबी लामिछानेले आफूले असुरक्षित महशुस गरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस आएपछि प्रहरीले बोल्दा ध्यान पुर्याउन सचेत गराएको छ । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रबीसहित हिरासतमा रहेका तीनैजना सुरक्षित रहेको र उनीहरुमाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको प्रष्ट पारेका छन् ।

रबीकी पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमा रबी लामिछानेको नामबाट सार्वजनिक भएको स्टाटसमा उनले आफू प्रहरीबाटै असुरक्षित रहेको दाबी गरेका थिए । उनले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए ।

सामाजिक सञ्जालमा कसले के लेख्यो, के भन्यो ? त्यो जानकारी छैन, तर हिरासतका सबै सुरक्षित छन्’ प्रहरी प्रमुख मल्ले भने ‘प्रहरीको सुरक्षा घेरामा रहेको व्यक्ति कसरी असुरक्षीत हुन्छ ? अनुसन्धान भइरहेको छ, सुरक्षाबारे बोल्दा ख्याल गर्नु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको