प्रदेशको बजेट खर्चः शंकर पोखरेल ‘फस्ट’, महेन्द्र बहादुर साई ‘थर्ड डिभिजन’

६ भाद्र २०७६, शुक्रबार १३:११ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ भदौ । प्रदेश सरकारहरुले गत आर्थिक बर्षमा छुट्याईएको बजेटको करिब आधामात्र बजेट खर्च गरेका छन् । गत आर्थिक बर्षमा प्रदेशहरुलाई कुल २ खर्ब ६ अर्ब ५८ करोड ९१ लाख बजेट छुट्याइएकोमा ५५.४६ प्रतिशत मात्र अर्थात् १ खर्ब १४ अर्ब ५७ करोड ९२ लाख मात्र खर्च भएको छ ।

शुक्रबार आयोजित अन्तर सरकारी वित्त परिषदको वैठकमा अर्थ मन्त्रालयले यस्तो जानकारी दिएको हो । प्रदेशहरु मध्ये सबै भन्दा कम बजेट कर्णाली प्रदेशले खर्च गरेको छ भने सबै भन्दा धेरै बजेट प्रदेश ५ ले खर्च गरेको छ । कर्णाली प्रदेशले कुल बजेटको ३५.१९ प्रतिशत खर्च गर्दा प्रदेश ५ ले ६३.४६ प्रतिशत खर्च गरेको छ ।

प्रदेश ५ पछि सबै भन्दा धेरै प्रदेश ३ ले ६०.७१ प्रतिशत , सुदुरपश्चिम प्रदेशले ५९.५५ प्रतिशत र प्रदेश १ ले ५९.११ प्रतिशत बजेट खर्च गरेको छ । गण्डकी प्रदेशले ५८.१० प्रतिशत बजेट खर्च गरेको छ भने प्रदेश २ ले ५०.६९ प्रतिशत खर्च गरेको छ ।

यस्तो छ सूचीः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

आजको प्रमुख समाचार