प्रधानमन्त्री विदेशमा रहँदा पनि मन्त्रिपरिषद् बैठक

६ भाद्र २०७६, शुक्रबार ०९:२४ मा प्रकाशित

काठमाडौँ, ६ भदौ । अब प्रधानमन्त्री विदेशमा भएको बेलामा पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने भएको छ । मन्त्रिपरिषदको बैठकले नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ संशोधन गरी भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने ब्यबस्था गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली आज नै स्वास्थ्य उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् । नियमावली संशोधन गरेसंगै प्रधानमन्त्री विदेशमा भए पनि भिडियो कन्फरेन्समार्फत बैठक बस्न सक्ने भएको हो ।

मन्त्रिपरिषद्‌ले गरेका निर्णय सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको