सम्झौतासहित ब्रेक्जिटको चर्चासँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने सङ्केत

६ भाद्र २०७६, शुक्रबार ०३:४९ मा प्रकाशित

लण्डन, ५ भदौ, (एएफपी) । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यूरोपका प्रभावशाली मुलुकहरू जर्मनी र फ्रान्सका नेताहरूसँग सम्झौतासहितको ब्रेक्जिटका लागि आफू सकारात्मक रहेको तर सम्झौता दुवै पक्षको हितमा हुनुपर्ने बताएसँगै बेलायतको पाउण्ड स्टर्लिङको मूल्यमा बिहीबार नै यसको सकारात्मक प्रभाव देखिएको छ ।

फ्रान्सको राजधानी पेरिसमा यूरोपेली नेताहरू एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग भएको कुराकानीमा ब्रेक्जिटका लागि अझै निकै दिन बाँकी रहेकाले झण्डै एक महिनाको अवधिमा धेरै सम्झौताका लागि सम्भावना रहेकोे भनाईसँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने आशा पलाएको हो ।

स्रोतका अनुसार बिहीबार पाउण्डस्टर्लिङको मूल्यमा अस्थायीरूपमा एक प्रतिशतको सुधार देखिएको छ । दिउसो २ ः१५ बजे पाउण्डको मूल्यमा शुन्य दशमलब ८५ प्रतिशतले सुधार देखिएको हो ।

यसरी बिहीबार अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि हुँदा पाउण्डको मूल्य एक दशमलब २२३३ डलर माथि पुगेको हो । त्यस्तै पाउण्डको मूल्य यूरोसँगको कारोबारमा पनि शुन्य दशमलब ८४ प्रतिशतले वृद्धि भई एक यूरो बराबर ९० दशमलब ६३ पेन्स कायम भएको छ ।

यो विगत तीन हप्ता यता पहिलो पटक देखिएको सुधारको सङ्केत हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव

स्पेन । स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि