सुदूरपश्चिम प्रदेशमा गौरा भित्र्याइयो

६ भाद्र २०७६, शुक्रबार ०३:४२ मा प्रकाशित

धनगढी, ५ भदौ । सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्गलगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् ।

घर नजिकको खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै यो प्रतिमा तयार पार्ने गरिन्छ । गौरा भित्र्याउने आजको दिनलाई स्थानीय भाषामा ‘ठूली गौरा’ भित्र्याउने दिनको रुपमा लिइन्छ । प्रदेश सरकारले भदौ ६ गते प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर(शिव) भगवान्को पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गोडागुडी)को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ । बिरुडा खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

पूजाको काम सकिएपछि हरेक दिन महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा खेलेर रमाइलो गरिन्छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकोले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको भनाइ छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने तथा इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन गौराको प्रतिमा विसर्जन गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि