मुख्यमन्त्री कप फुटबल शुरु

६ भाद्र २०७६, शुक्रबार ०३:४० मा प्रकाशित

तुलसीपुर, ५ भदौ । दाङको बेलझुण्डी रङ्गशालामा आजदेखि प्रदेश नं ५ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु भएको छ । भदौ १२ गतेसम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभयो ।

मन्त्री बरालले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले उक्त प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । खेललाई मुलुकको समृद्धिका रुपमा लिएको उहाँको भनाइ थियो । अखिल नेपाल फुलबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको एकेडेमिक रुपमा विकास गरिने बताउनुभयो । प्रतियोगितामा प्रदेश नं ५ का दाङ, बाँके, बर्दिया, नवलपरासी, रोल्पा र रुपन्देहीका खेलाडी सहभागी छन् । आज भएको नवलपरासीले दाङलाई ३–० गोलले हराएको छ । शुक्रबार रोल्पा र बर्दियाबीच तथा रुपन्देही र बाँकेबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेर सिधै

काठमाडौं।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय– ऐन

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा