नेपाल ताइवान संघले मनायो होलि–फागु पुर्णिमा

१ चैत्र २०६८, बुधबार ०९:४६ मा प्रकाशित

नेपाल ताइवान संघ कानूनी रूपमा ताइवानमा दर्ता भए पछि पहिलो पटक होली(फागु पुर्णिमा यहि मार्च १०,२०१२ का दिन ताइवानको औद्योगिक शहर ताइचुंगको पेइथुनमा हर्सोल्लासका साथ मनाइयो। नेपाल ताइवान संघ ताइवानमा कानूनी रूपमा दर्ता भएको पहिलो नेपाली सँस्था हो।करिब ४५ जना जति नेपाली तथा विदेशी जम्मा भएको यस  पर्वमा यस संस्थाका संयोजक मृगेन्द्रराज देवकोटाबाट सँस्थाको दर्ता बारे र संस्थाको स्वरूप बारे बताउनु  भएको थियो। त्यसै गरि रतन झाबाट होलीको महत्व तथा यसको संस्कृतिक पक्ष बारे प्रकाश पर्नु भएको थियो। निरजमान श्रेष्ठ, प्रो। मर्फी, एरिक तथा कपिल अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो भने सुर्य प्रसाद जैसीले आगन्तुकहरूलाई स्वागत गर्दै पहिलो पटक सँस्थाको छाता मुनि यति धेरै उपस्थिति भएकोमा खुशी प्रकट गर्नु भएको थियो।

होलिमा रंग अबिर खेल्नुको साथै लोक गीत, नाचगान गरेर रमाइलो गरिएको थियो। सांस्कृतिक कार्यक्रम तथा गायनमा रामेस्वर दाहाल, मणि बहादुर प्रधान, शशी भुसण प्रसाद, सृजना श्रेष्ठ, नरेन्द्र भट्टराई  र निरन्जन श्रेष्ठ मुख्य भूमिका रहयो। सुर्य प्रसाद जैसी,मृगेन्द्रराज देवकोटा तथा ताइवानी साथीहरूबाट सबै खानपीनको प्रयोजन गरिएको थियो।हाल नेपाल ताइवान संघमा ३० जना संस्थापक सदस्य  छन भने सँस्थाको कार्यलय ताइचुंगको पेइथुनमा रहने र छिट्टै साधारण सभा गरिने  कुरा पनि  बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद