एभिसी भलिबलः उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा

६ भाद्र २०७६, शुक्रबार ०३:१८ मा प्रकाशित

काठमाडौँ, ५ भदौ घरेलु । मैदानमा पहिलो पटक आयोजना भएको एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको फाइलनमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन् ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज सम्पन्न सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ अङ्कले हरायो ।

यस्तै आजै भएको अर्को सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई ३–० सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको हो । किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ अङ्कले पराजित गरेको हो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।