नेपाली पत्रकारको लागी ‘नेजा’ नाइटको आयोजना

२५ श्रावण २०६९, बिहीबार ०४:२७ मा प्रकाशित

न्युयोर्क । मान्छेको जीवनमा भोलि के हुन्छ, कसैलाई थाहा हुदैन । कुनै पनि बेला जो कसैलाई जे पनि हुन सक्छ । त्यस्तो बेलामा सहयोग गर्नु मानवताको पहिलो धर्म हो । जीवनमा जो कसैलाई सहयोग गर्नु मानव जीवनको महत्वपुर्ण कार्य हो । हाम्रो समाजमा विभिन्न पेशा छन् त्यसमा पनि सधैभरि अरुको सेवामा कुदिहिडने नेपाली पत्रकारलाई आपतविपात पर्दा कहिंबाट पनि सोच जस्तो उचित सहयोग पाउन सकेको छैन । अहिले हामी विदेशमा छौं तैपनि जन्मभुमी नेपालमा बसेर पत्रकारितामा लागेका नेपाली पत्रकारलाई परेको बेलामा केही सहयोग गरु भन्ने हाम्रो उद्धेश्य रहेको छ ।

यही उद्धेश्यलाई पुरा गर्नका लागी हामी नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले न्यूयोर्कमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रम मार्फत ‘नेजा नेपाली पत्रकार अक्षय कोष’ स्थापना गर्ने लागेका छौं । यही पवित्र उद्धेश्य पुरा गर्नका लागी आगामी सेप्टेम्बरको ८ तारिख ऐष्टोरियास्थित चेन फेडरेसन हलमा ख्याती प्राप्त कलाकारहरुको सहयोगमा न्यूयोर्क ‘नेजा नाइट’ कार्यक्रम हुने सबैलाई जानकारी गराउन चाहान्छौं । न्युयोर्क र आसपासका राज्यमा बसोबास गदै आउनु भएका आदारणिय दाजुभाई तथा दिदीवहिनीहरु र सबै पत्रकार मित्रहरुलाई कार्यक्रममा उपस्थित भई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं । न्यूयोर्क बाहिर रहनु हुने सम्पुर्ण सञ्चारकर्मी मित्रहरुले पनि आ आफनो सञ्चारमाध्याम मार्फत यो कार्यको प्रचार प्रसार गरि सहयोग पुर्‍याई दिन हुन हार्दिक अनुरोध गर्दछु ।
आङछिरिङ शेर्पा
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र