आफूले दिएको चुइंगम नखाएपछि पतिले पत्नीलाई दिए डिभोर्स

५ भाद्र २०७६, बिहीबार १६:०४ मा प्रकाशित

एजेन्सी, ५ भदौ । भारतको लखनउमा एक पतिले पत्नीलाई चुइंगम चपाउन दिएकोमा उनले अस्वीकार गरेपछि डिभोर्स दिएका छन् । सिम्मी र उनका पति सईद राशिद सोमवार देवानी अदालतमा सुनुवाइमा उपस्थित थिए ।

पत्नीले आफ्नो वकिलसँग सल्लाह गरिरहेकी थिइन् । पति सईदले उनलाई चुइंगम दिएपछि उनले स्वीकार गरिनन् अनि त्यही झोंकमा उनले तलाक तलाक तलाक भने । सईद र उनका मातापिताविरुद्ध दाइजो यातनाका विषयमा सिम्मीले मुद्दा हालेपछि त्यसमा सुनुवाइ भइरहेको थियो ।

ट्रिपल तलाक भारतमा केही मुसलमानहरूले अझै पनि उपयोग गर्ने गरेका छन् ।

यस्तो तलाक बोलेर, लेखेर वा विद्युतीय माध्यमले दिन सकिन्छ अनि यसमा इस्लामिक अदालतको फैसला पनि कुरिरहनुपर्दैन । महिलाले चाहिँ इस्लामिक अदालतको मध्यस्थतामा पारपाचुके लिनुपर्छ ।

भारतमा ट्रिपल तलाकलाई अवैध घोषित गरेर यसरी दिइएको तलाक मान्य नहुने कानून लागू भइसकेको छ । ट्रिपल तलाक दिने व्यक्तिलाई तीन वर्षको कारावास वा जरिवाना सजाय दिने व्यवस्था छ ।

लखनउका एक अनुसन्धान अधिकारीले सईदलाई यस ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन्

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

आजको प्रमुख समाचार