‘नाडा अटो शो’मा कुन बाईकका कस्ता प्रदर्शन ?

५ भाद्र २०७६, बिहीबार १३:४१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ भदौ । अटो व्यवसायीको कुम्भ मेला ‘नाडा अटो शो २०१९’को चहलपहल चुलिएको छ । यसबीचमा अटो शोमा भाग लिने कम्पनीहरु प्रतिस्पर्धीको तुलनामा आफ्ना नयाँ उत्पादन र राम्रो स्किमको दौडधूपमा छन् । अटो शोमा कुन मोटरसाईकल कस्तो रुपमा प्रस्तुत हुँदैछन् ? यसबारे हामीले केहीसँग गरेको कुराकानीको आधारमा तयार पारिएको सामग्रीः

टिभिएस

टिभिएस मोटरसाईकलले यसवर्षको नाडा अटो शोमा नयाँ प्रडक्ट ल्याउने तयारी गरेपनि अन्तिममा ल्याउन सकेन । समय अभावका कारण टिभिएसले यसवर्ष पूरानै मोटरसाईकललाई प्रदर्शनमा राख्ने भएको छ ।

पूरानै बाईकमा पनि टिभिएसले विभिन्न अफर दिने जनाएको छ । टिभिएसको स्टल नम्बर ‘एल १८’ हो ।

होन्डा

नेपामा धेरै खपत हुने मध्येको मोटरसाईकल हो होन्डा । होन्डाले यसवर्षको नाडा अटो शोमा २ वटा नयाँ मोटरसाईकल प्रदर्शन गर्दैछ । यसअघि नै बजारमा आइसकेको ‘प्लेजर प्सल’ र नयाँका रुपमा ‘एक्स प्लस’ मोटरसाईकल होन्डाले ल्याउँदैछ ।

यसअघि प्लेजर प्लस १०० सिसिको थियो, तर नाडामा प्रदर्शनमा राख्न लागिएको प्लेजर प्लस भने ११० सिसिको हो । अर्को एक्स प्लस भने नयाँ हो ।

होन्डाले नाडा र दशैँ तिहार अफर एकैपटक ल्याउँदै छ । मंगलबार सम्ममा दशै अफर सार्वजनिक गरिसक्ने र नाडामा बाईक किन्न आउने ग्राहकले दशैँ अफर अन्तर्गत नै छुटमा बाइक किन्न सक्ने होन्डाले जनाएको छ ।

बजाज

नेपालमा धेरै विक्रि हुने मोटरसाईकलमा बजाज अगाडी छ । तर यसवर्षको नाडा अटो शोमा बजाजले पनि आफ्ना नयाँ प्रडक्ट नल्याउने भएको छ । पूरानै उत्पादनलाई नाडा अटो शोमा प्रदर्शनको तयारीमा रहेको बजाजले विभिन्न स्किम भने ल्याउने जनाएको छ ।

स्पेशल नभएपनि बजाजले पूरानै उत्पादनबाट ग्राहकको मन जितेको कम्पनीको दाबी छ । यसवर्षको नाडा अटो शोमा बजाजको स्टल नम्बर ‘जे १२’ हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक