अर्थमन्त्री र चिनिया राजदुतबीच भेटवार्ता

५ भाद्र २०७६, बिहीबार ११:५५ मा प्रकाशित

काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनिया राजदुत होउ यान्कीबीच शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा चिनीया कम्पनीबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो ।

भेटका क्रममा तत्कालका लागि काठमाडौं–कोदारी–काठमाडौं–रसुवागढी र कोरला नाकामार्फत आवागमन आवद्धता बढाउने विषयमा छलफल भएको थियो । काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनिया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउनेबारेसमेत भेटघाटका अवसरमा छलफल भएको थियो ।

त्यसैगरी आज नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका राजदूत एम।एस। भिरोनिका कोडीबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटका क्रममा राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा जानकारी दिए।

सो अवसरमा अर्थमन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तराष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको