फास्ट ट्रयाकको डीपीआर स्वीकृत

५ भाद्र २०७६, बिहीबार १०:४५ मा प्रकाशित

काठमाडौँ, ५ भदौ । काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले डीपीआर स्वीकृत गरेको हो ।

यसअघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो ।

स्वीकृत डीपीआर अनुसार सडक निर्माणको लागत १ खर्ब ५५ अर्ब ३ करोड ८५ लाख ६५ हजार रुपियाँछ । नयाँ डीपीआर अनुसार द्रुतमार्गको लम्बाइ घटेको छ । पहिलेको डीपीआरमा लम्बाइ ७६.२ किलोमिटर थियो भने अब ७२.५ किलोमिटर हुनेछ । द्रुतमार्गमा ८७ वटा पुल, सुरुङ ३ वटा र १६ वटा ‘हाइराइज ब्रिज’ अर्थात् आकासे पुलको निर्माण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको