नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

५ भाद्र २०७६, बिहीबार ०५:५२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चले तत्काल पक्राउ गर्ने कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।

बहुविवाहसम्बन्धी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट प्रहरीलाई पक्राउ अनुमती दिइएको थियो ।

चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध जहेरी दिएकी थिइन् । तल्लो अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमती लिएपछि त्यसविरुद्ध उच्च अदालत पाटन गएकी थिइन् ।

उच्चले पनि जिल्ला अदालतको आदेशको पक्षमा निर्णय दिएपछि शिल्पाले सर्वोच्चमा निवेदन दिएकी हुन् ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले भदौ १५ गतेसम्मका लागि पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको हो ।

सर्वोच्चले भदौ १५ गते दुबै पक्षबीच छलफल गराउने भएको छ। त्यसपछि मात्र पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्न मिल्ने नमिल्ने विषयमा टुंगो लाग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज

काठमाडौं । ।गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम

अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्ना लामो समयदेखिका प्रेमी साम अस्घरीसँग इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय निजी कारणले चर्चामा रहेकी