सगरमाथा कप २०१२ अगष्ट २५ मा सम्पन्न हुने

२५ श्रावण २०६९, बिहीबार ०४:२४ मा प्रकाशित

सोदिप थोप्रा लिम्बू, यूके । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डको आयोजनामा प्रत्येक बर्ष खेलाइदै आएको सगरमाथा कप २०१२ आगामी अगष्ट २५ गते शनिबार स्थानीय ग्रेटचार्ट फुटबल मैदानमा हुने भएको छ। बेलायतभरिका नेपाली फुटबल क्लबहरुले सहभागिता जनाउँदै आएको उक्त प्रतियोगितामा बिगतझैं २५ देखि ३० वटा टिमहरुले प्रतिष्पर्धा गर्नेछन।

सगरमाथा कपलाई सफलतापुर्बक सम्पन्न गर्न छलफलको लागि गत शनिबार समाजको कार्यालयमा सम्पन्न बैठकले कार्य बिभाजन साथै जिम्मेवारी बाँडफाड गरेको छ।

खेलाडी, दर्शक एबं पाहुनाहरुको सुबिधालाई मध्यनजर गरेर प्रशस्त मात्रामा लाइसेन्स प्राप्त सेक्युरिटी साथै स्वयंसेवकहरुको परिचालन गर्ने भएको छ। यसको अतिरिक्त ३ देखि ५ जना प्रहरी खेलकुद मैदानमैं खटिने र प्रहरीको पेट्रोल टीमले प्रतियोगिता भरि निरन्तर निगरानी गर्ने व्यवस्था मिलाइएको छ। बैठकमा आगामी सेप्टेम्बर १ गते शनिबार स्थानीय साइमन चर्चमा सम्पन्न हुन् गईरहेको स्रष्टा सम्मान तथा समापन कार्यक्रमको बारेमा पनि छलफल भएको थियो। समाजका अध्यक्ष पोपिराज राईको अध्यक्षयतामा सम्पन्न उक्त बैठकको संचालन माहासचिब मोहन कृष्ण गुरुङले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी