मन मिले सेक्स ठूलो कुरा होइन– एञ्जिला कार्की

२५ श्रावण २०६९, बिहीबार ०४:२१ मा प्रकाशित

एञ्जिला कार्कीले सुरुमा नै भनिन्, –जस्तो प्रश्न सोधे पनि म जवाफ दिन तयार छु । जवाफ दिन म डराउँदिनँ । टेलिचलचित्रतिर सानोतिनो भूमिकामा खेल्दै आएकी एञ्जिला यतिबेला ठूलो पर्दाको चलचित्रकी नायिका बनेकी छिन् । उनलाई नायिकाको रूपमा देख्न पाइने चलचित्र हो –वे टु इन्जुरी अर्थात् घातक बाटो ।
० तस्बिर त निकै कामुक खिचिएको छ नि ?
– कस्ता–कस्ता तस्बिरहरू बजारमा आइसके मैले त त्यस्तो के खिचेकी छु र ?
० यस्तो तस्बिर बजारमा आउँदा परिवारले केही भन्दैनन् ?
– त्यस्तो भन्ने भएको भए म तस्बिर नै खिचाउँदिनँथे नि । त्यसमा पनि तस्बिर पो यस्तो खिचेको हो, म मान्छे त त्यस्तो छैन नि ।
० त्यसो त नयाँ युवतीहरू फिल्म खेल्नका लागि जे गर्न पनि तयार हुने कुराचाहिँ के हो ?
– फिल्म खेल्न कसले के गर्‍यो त्यो त म भन्न सक्दिनँ नि ।
० एञ्जिलाले त्यस्तो केही गरेकी छैन त ?
– छैन–छैन । फिल्म खेल्ने लोभमा त्यस्तो केही गर्दिनँ म । बरु फिल्म नै खेल्दिनँ ।
० फिल्म खेल्न किन यस्तो मरिहत्ते हालेको नि ?
– यो त मेरो सानैदेखिको रहर हो नि । रहर त जसरी पनि पूरा गर्नुपर्‍यो नि ।
० सिनेमा रहर मात्र हो कि पेसा पनि ?
– अहिलेचाहिँ रहर भनौँ । पछि राम्रा सिनेमाहरू हातमा परेपछि त पेसा भइहाल्छ नि, कि कसो ?
० म फिल्म खेलाइदिन्छु भनेर कुनै निर्माता–निर्देशकले आश्वासन दिएर गलत फाइदा उठाउन खोजेका छन् कि छैनन् ?
– अहिलेसम्मको यात्रामा त्यस्ता फटाहाहरू भेटिएका छैनन् । तर, त्यस्ता पनि छन् यहाँ ।
० कसरी थाहा पाएको नि ?
– साथीहरूले भनेका । कोही कथा सुन्न धुलिखेल वा नगरकोट जाऊँ भन्दारहेछन् । कथा सुन्न त्यता जानैपर्छ र भन्या ।
० सेक्स के हो ?
– यसको परिभाषा आ–आफ्नै तरिकाले दिन्छन् सबै । तर, म त सेक्सलाई केही होइन भन्छु ।
० किन यस्तो जवाफ नि ?
– मन मिल्छ भने यो ठूलो कुरा होइन । जबर्जस्ती पो गर्नुभएन ।
० अहिलेसम्म एञ्जिलालाई सेक्सको अनुभव छ कि छैन ?
– साँच्चै कै भनौँ नि ढाँटौँ ?
० साँच्चैकै ?
– मैले अहिलेसम्म सेक्सको अनुभव गरेकी छैन । म त कुमारी नै हुँ नि ।
० यसको अनुभव गर्न मन लागेको छैन त ?
– अहिले छैन । यसको अनुभव त अब बिहेपछि मात्रै ।

गीताको जोवन ढल्कियो
‘तिज आयो रमझम
सबलाई खुसी लाग्छ
आफूलाई कहिले
बिहे गरूँ भा छ
छल्कियो छल्कियो
जोवन मेरो छल्कियो
बिहे गरौँ भन्दाभन्दै…
तिज आउन त लगभग डेढ महिना बाँकी नै छ । तर पनि तिजसँग सम्बन्धित गीतहरूले यतिबेला रेडियो र टेलिभिजन रंगिएका छन् । उसको भन्दा आफ्नो प्रचारप्रसार हुनुपर्छ भन्ने मान्यता यतिबेला तिजसम्बन्धी एल्बम बजारमा ल्याउने सबै गायक–गायिकामा छ । उनीहरूलाई पैसाको मतलब छैन तर प्रचार आफ्नै बढी हुनुपर्छ भन्ने हावी सबै गायक–गायिकामा हुन थालेपछि रेडियो र टेलिभिजनमा तिजका गीतहरू बजाउने सञ्चालकहरूको पनि भाउ बढ्न थालेको छ । स्थापित गायिकादेखि नवगायिकाहरूलाई पनि फुर्सद छैन यतिबेला । यसैक्रममा गीतकार गीता भट्टराईलाई पनि भ्याई–नभ्याई छ हाल । उनी भन्छिन्, ‘पहिले अरूको गीतमा खेलिन्थ्यो तर यतिबेला आफैं एल्बम निकालियो । गाह्रो त साहै्र गाह्रो हुँदोरहेछ एल्बम निकाल्न ।’
गीताले आफ्नै लगानीमा जोवन ढल्कियो एल्बम बजारमा ल्याएकी छिन् भने उनले भनेकी छिन्, ‘बिहे गरौँ भन्दाभन्दै जोवन ढल्कियो…’ फेरि गीतालाई सोधियो, ‘विवाहित महिलाले यस्तो गीत गाउन सुहाउँछ भन्या… ? जवाफमा उनले थपिन्, ‘गीतमा भनेजस्तो सबै मिल्छ र ? त्यो त गीत हो नि । मनोरञ्जनका लागि तयार पारिएको गीतलाई कहाँ जीवनसँग मेल खाएर हेर्न मिल्छ र ?’ गीताले यो एल्बमको भिडियो पनि तयार पारिसकेकी छिन् । ‘शिव विकले यो भिडियो तयार पारेका हुन्, भिडियो पनि राम्रो छ भने मेरो गीतलाई राधिका हमाल र रामजी राणा र शर्मिला गुरुङले गाएका छन् । यस कारणले पनि एल्बमले श्रोताको मन जित्ने कुराप्रति म ढुक्क छु,’ उनी दङ्ग छिन् । बीपी अनुरागीले सङ्गीत दिएका छन् जोवन ढल्कियोमा ।

पे्रमका पीडा पोख्दै सुदीप
अरू किन गीत लेख्छन् वा किन गीतकार बने ? त्यो कुरा उनलाई थाहा छैन । उसो भए सुदीप रेग्मी भने किन गीत लेखनतिर लागे त ? जवाफमा उनले भने, ‘मनभित्रको भावनालाई सङ्गीतको साथमार्फत व्यक्त गर्न म गीत लेखनतिर लागेको हुँ ।’
हुन त सुदीप कुशल व्यापारी हुन् । नेपाल–चीन व्यापार मैत्री सङ्घका महासचिव एवम् चाइना टे«ड मल्टिप्रपोज को–अपरेटिभसँग पनि आबद्ध सुदीपको अन्तरा इन्टरनेसनल प्रालि नामक आफ्नै कम्पनी पनि छ । यसै कम्पनीमार्फत् व्यापारलाई अगाडि बढाइरहेका उनले आफ्नै कम्पनीको नाम राखेर गीत एल्बम बजारमा ल्याएका छन् अन्तरा । यो क्यासेटलाई विन्ध्यावासिनी म्युजिकले बजारमा ल्याएको हो ।
व्यावसायिक रूपमा एल्बमबाट फाइदा नहुने कुरा उनले बुझेका रहेछन् । त्यसैले त उनी भन्छन्, ‘तर यसो भन्दैमा भावनालाई कैद गर्न त सकिन्न नि । त्यसैले लगानी गरेर भए तापनि साङ्गीतिक माहोलमा आफ्नो उपस्थिति जनाएको हुँ ।’ आधुनिक गीत–गजलसङ्ग्रह नाम दिइएको अन्तरामा समेटिएका गीतहरूमा गोविन्दमधुर आचार्यको सङ्गीत रहेको छ भने सत्यराज आचार्य, स्वरूपराज आचार्य, गोविन्दमधुर आचार्य, अञ्जु पन्त, रेणु विष्ट र रिता केसीले स्वर दिएका छन् ।
‘भन्छन् भन्नलाई अमृत हो रे पिरती
विषै विष मात्र किन मेरै पिरतीमा…’
पिरतीमा चोट खाएका र त्यसपछिको अवस्थालाई गीतकार सुदीपले एल्बममा प्रस्तुत गरेका छन् । यतिबेला सौखले गीत लेखेका सुदीपलाई गीत पनि आफैंले गाएको भए हुन्थ्यो नि भनेर प्रश्न राख्दा उनले भने, ‘गीत गाउन सक्नु मेरो वशको कुरा होइन । म गीतकारमा नै ठीक छु । जो पायो त्यसले गीत गाउन सक्दैन ।’ आफूले गीत नगाए तापनि आफ्नै गीतको भिडियोमा भने उनले अभिनय गरेका छन् । सुदीप अन्तराबाट राम्रो प्रतिक्रिया आउन थालेपछि आफूलाई गीत लेखनतिर झनै उत्साह थपिएको कुरा बताउँछन् ।

सञ्चारकर्मी तनुजाको एल्बम नशामा विमोचित
सञ्चारकर्मी तनुजा शर्माले गीतकारको रूपमा आफ्नो पहिलो गीति एल्बम ‘नशामा’ बजारमा ल्याएकी छिन् । सातवटा कर्णप्रिय गीत समेटिएको ‘नशामा’को सञ्चारकर्मी बबिता बस्नेत, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, सङ्गीतकार राजु सिंह र गीतकार शर्मा स्यवम्ले संयुक्त रूपमा गत शनिबार विमोचित गरे । तनुजा शर्माको गीतमा गायकगायिकाहरू शिव परियार, प्रमोद खरेल, दीपक लिम्बू, जुना प्रसाईं र दुर्गा खरेलले स्वर दिएका छन् । विमोचित कार्यक्रममा गीतकार तथा सञ्चारकर्मी तनुजा शर्माले धेरै मिहिनेतपछि आफूले एल्बम प्रकाशमा ल्याउन सकेको बताउँदै एल्बममा माया–प्रेममा नशा कहाँबाट आउँछ, नशा कस्तो हुन्छ भन्ने भावलाई शब्दमा समेटिएको बताइन् भने सङ्गीतकार राजु सिंहले मानवजीवनको हरेक उतारचढाव नशामा समेटिने गरेको यथार्थलाई माया प्रेमको नशामा डुबेर लेखिएको तनुजाको एल्बम ‘नशामा’ समयसापेक्ष भएको बताए । सञ्चारकर्मी बबिता बस्नेतले शर्मालाई आफूले चिनेको धेरै व्यक्तित्वमध्येकी सिर्जनशील महिला भएको भन्दै उनको गीतियात्राको सफलताको शुभकामना दिइन् ।

तपाईंको दृष्टिमा— कृष्ण शाह यात्री
हरेक विधामा उत्तिकै निपुण र पोख्त मानिन्छन् कृष्ण शाह यात्री । चलचित्र पत्रकारितामार्फत लेखन क्षेत्रमा प्रवेश गरेका यात्री हाल स्थापित भइसकेका छन् लेखका रूपमा । नाटक, कथा र समालोचना गरेर २७ वटा पुस्तक प्रकाशित गरिसकेका यात्री हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हुन् भने कलेज अफ जर्नालिजम मासकम्युनिकेसन र लिटिल एन्जलस कलेजमा अध्यापन पनि गराउँछन् । यात्रीको हालै प्रकाशित तारो नामक पुस्तक चर्चामा छ । यात्रीको भोगाइमा जीवन र जगत् के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ तपाईंको दृष्टिमाका लागि राजन घिमिरेले उनै यात्रीसँग गरेको कुराकानी ।
० जीवन के हो ?
– यात्रा
० प्रेम के हो ?
– जीवन–गीत
० सुन्दरता के हो ?
– असल हुनुको भाव
० मन के हो ?
– स्वतन्त्र चङ्गा
० भावना के हो ?
– मनोभाव
० विवाह के हो ?
– जीवनको अनुपम अध्याय
० बन्धन के हो ?
– सीमारेखा, परिधि
० अपमान के हो ?
– चोट
० इज्जत के हो ?
– सार्थक जीवन
० बेइज्जती के हो ?
– नूर गिर्नु
० मिलन के हो ?
– संयोग
० विछोड के हो ?
– दूरी
० जवानी के हो ?
– ऊर्जा
० बालापन के हो ?
– अबोधपन
० तृष्णा के हो ?
– लिप्सा
० रिस के हो ?
– कान्तिक्षय
० जोस के हो ?
– आत्मबल
० नसा के हो ?
– अमल
० यौन के हो ?
– प्राकृतिक उपहार
० सन्तुष्टि के हो ?
– विश्वास
० कर्तव्य के हो ?
– सिर्जनशील–कर्म
० विश्वास के हो ?
– निरन्तरता
० असल के हो ?
– स्वाभिमान
० खराब के हो ?
– छलकपट
० सबैभन्दा ठूलो धोका के हो ?
– राष्ट्रघात
० दु:ख के हो ?
– सङ्घर्ष
० सुख के हो ?
– आनन्द
० खुसी के हो ?
– सफलता
० आनन्द केमा छ ?
– सत्कार्यमा
० मित्र को हो ?
– सुख र दु:खको सहयात्री
० शत्रु को हो ?
– आफू हुनुको बोध
० सङ्घर्ष के हो ?
– जुझारुपना
० प्राप्ति के हो ?
– स्थापित अस्तित्व
० आस्था के हो ?
– विश्वास
० धर्म के हो ?
– एक सिद्धान्त
० नैतिकता के हो ?
– असल आचरण
० चरित्र के हो ?
– व्यवहार
० ज्ञान के हो ?
– चेतना, उज्यालो बाटो
० बुद्धि के हो ?
– विवेक
० सम्झौता के हो ?
– मध्यमार्ग
० सृष्टि के हो ?
– कृति
० गुरु को हो ?
– खोला तार्ने माझी
० राजनीति के हो ?
– जीवन पद्धति
० देश के हो ?
– जननी
० समाज के हो ?
– मानवबस्ती
० पद के हो ?
– केही समयको आवरण
० विकास के हो ?
– गतिशीलता
० व्यापार के हो ?
– बाँच्नका लागि गरिने कार्य
० अनुशासन के हो ?
– असल मार्ग

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। कोरोनाका कारण ठप्प रहेको फिल्म प्रदर्शन दशैंबाट सुचारु हुने भएको छ । हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले आइतबार

न्यूयोर्क । ‘मिस नेपाल युएस–२०२१’को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा आफ्ना दश जना प्रतिस्पर्धीलाई पछि शुक्लाले

काठमाडौ। बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन् । सधैंजसो चर्चामा

काठमाडौं । अमेरिकामा बस्दै आएका बिरन भट्टराईको लगानीमा एउटा म्युजिक भिडियो निर्माण भएको छ । ‘सन्नी सन्नी’ बोलको सो भिडियोलाई