सत्तापक्ष र प्रतिपक्ष सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडो टुङ्गोमा पुर्याउन सहमत

५ भाद्र २०७६, बिहीबार ०५:०३ मा प्रकाशित

काठमाडौँ, ४ भदौ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ ।

आज प्रधानमन्त्रीमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको दुई दलको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्को प्रक्रियाबाट सहमति गरेर छिटो टुङ्गोमा पु¥याउनेसमेत सहमति भएको उहाँले जानकारी दिनुभयो ।

“संसद्को समितिमा छलफल रहेको विधेयकको विभिन्न पक्षका बारेमा पनि छलफल भयो”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभार पूरा गराउनका लागि विधेकयलाई अगाडि बढाउने सहमति भयो ।”

बैठकमा शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभार पूरा गर्नका लागि गठित सत्यनिरुपण र बेपत्ता आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशका गर्नका लागि बनेको सिफारिश समितिलाई चाँडो नाम सिफारिश गर्नसमेत नै अनुरोध गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

समितिले नाम सिफारिश गरेपछि मनित्रपरिषद्ले निर्णय गर्नेछ । दुई आयोगको पदाधिकारी सिफारिश गर्नका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिश समिति गठन गरिएको छ ।

काङ्ग्रेसका नेता रमेश लेखक सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्नका लागि त्यससम्बन्धी विधेकयलाई चाँडो ल्याउने सहमति भएको बताउनुभयो । “विधेयकबारे तत्काल छलफल गरेर चाँडोभन्दा चाँडो संसद्मा लैजाने सहमति भएको छ”, उहाँले भन्नुभयो, “संसद्मा लैजानुभन्दा विधेयकलाई सातवटै प्रदेशमा विधेयकका बारेमा सरोकारवाला र अरुसँग छलफल गर्ने गरिनेछ ।”

नेता लेखकले समितिले आयोगका पदाधिकारी नाम सिफारिश गरे पनि मन्त्रिपरिषद्ले निर्णय गरेपछि आयोगले पूर्णता पाउने बताउनुभयो । गत चैतदेखि दुवैवटा आयोगका पदाधिकारी रिक्त रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी काम हुन पाएको छैन । सत्यनिरुपण आयोगको अध्यक्षमा सूर्यमान गुरुङ र बेपत्ता आयोगको अध्यक्षमा लोकेन्द्र मल्लिक रहनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको