कार्यविवरणमा हस्ताक्षर गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

५ भाद्र २०७६, बिहीबार ०५:०१ मा प्रकाशित

काठमाडौँ, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्र्दै आज राति सम्पन्न भएको छ ।

बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र उहाँका भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करले बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेर संयुक्त आयोगको पाँचौँ भेटवार्ता सम्पन्न भएको हो ।

मिनेट्स्मा हस्ताक्षर गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले नेपालको निकटको असल छिमेकी भारतले नेपालप्रति दर्शाएको सद्भावको सराहना गर्दै आयोगको बैठक फलदायी बनेको बताउनुभयो ।

भारतसँग निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउँदै उहाँले दुवै देशका जनताको बृहत्तर हितमा काम गर्नु आफूहरूको कर्तव्य भएको भन्न छुटाउनुभएन । आयोगका बैठकलाई नियमित गर्न पनि उहाँले जोड दिनुभयो ।

विदेशमन्त्री जयशङ्करले बैठकपछि हस्ताक्षर भएका कार्यविवरणले भारत–नेपाल सम्बन्धको मार्गचित्र तयार पारेको बताउँदै त्यसबाट नै पारस्परिक सम्बन्ध उन्नत एवं अग्रगामी हुने विचार व्यक्त गर्नुभयो ।

आजै मन्त्री ज्ञवालीले १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा आउनुभएका मन्त्री जयशङ्करको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभयो ।

त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्वनेपाली राजदूतहरू र नेपाल र भारत सरकारका उच्च अधिकारी सहभागीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे