क्लिनफिड लागू हुने गरि विज्ञापन विधेयक पारित

४ भाद्र २०७६, बुधबार १५:४२ मा प्रकाशित

काठमाडौँ, ४ भदौ । संसदको विकास तथा प्रविधि समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्थासहित विज्ञापन विधेयक पारित गरेको छ । समितिको बुधबारको बैठकले राष्ट्रिय सभाले पारित गरेको ब्यबस्थालाई संशोधन गर्दै तत्कालै लागु हुने गरि विधयेक पारित गरेको हो ।

राष्ट्रिय सभाले विधयेक पारित गर्दा मिति तोकेर प्रकशित भएपछि मात्र विधयेक लागु हुने ब्यबस्था राखेर विधयेक पारित गरेको थियो। समितिले त्यसलाई संशोधन गरी तत्काल नै लागु हुने ब्यबस्था गरेको हो ।

तर ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ । अर्थात ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले क्लिन फिड लागु गर्न एक बर्षको समय पाउने छन । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्दा विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुने भएको हो ।

व्यवसायीले भने क्लिनफिडको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको