पुडासैनी आत्महत्या प्रकरणः रबीकी पत्नीले दिईन एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी

४ भाद्र २०७६, बुधबार १४:०७ मा प्रकाशित

काठमाडौँ, ४ भदौ । प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रबी लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरी विरुद्ध नै जाहेरी दिएकी छिन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पौडेलले आज महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएकी हुन् ।

पौडेलले पुडासैनीको मोबाइलमा रहेको भिडियो किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गराएकी हुन ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको