पुडासैनीको आत्महत्या प्रकरणः आरोपितलाई थप ५ हिन हिरासतमा राखिने

३ भाद्र २०७६, मंगलवार १८:१९ मा प्रकाशित

चितवन, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनका प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई थप ५ दिन अनुसन्धानको लागि हिरासतमा राखिने भएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीहरु तीनै जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

थप अनुसन्धान गर्नु पर्ने भएकोले सरकारी वकिलले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्नको लागि अनुमति माग गरेको थियो । सोहि अनुसार अदालतले म्याद थप गरिदिएको हो । प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले थप ५ दिन थुन्न अनुमति दिएका हुन्।

पहिलो पटक दिइएको पाँच दिनको म्याद सोमबार सकिएपछि उनीहरुलाई मंगलबार पुनः अदालतमा पेश गरिएको थियो । बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको उनीहरुमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले पाँच दिनको मात्रै अनुमती दिएको हो । मंगलबार अदालतमा पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेज आदि लगायत अन्य रिर्पोटहरु पेश गरिएको थियो ।

यस संगै लामिछाने सहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्की शनिवारसम्म हिरासत मै रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार