पुडासैनी आत्महत्या प्रकरणः रबी लामिछाने पक्राउको विषय संसदमा प्रवेश

३ भाद्र २०७६, मंगलवार १४:१० मा प्रकाशित

काठमाडौँ, ३ भदौ । टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउको विषय संसदमा उठेको छ । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि उनका समर्थकले चितवन ५ दिनदेखि प्रदर्शन भईरहेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान भईरहेको अवस्थामा अनुसन्धान नै प्रभावित हुने गरि भईरहेका गतिविधिबारे ध्यानाकर्षण गराएकी छिन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।‘चितवनमा गैरसंवैधानिक नारासहित प्रदर्शन भएको सुनिएको छ’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको