दूधको मूल्य बढ्ने

३ भाद्र २०७६, मंगलवार ०९:४५ मा प्रकाशित

काठमाडौँ, ३ भदौ । दूधको मूल्य १० रुपैयाँसम्म बढ्ने भएको छ । दुधको मूल्य बढाउनेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउन सिफारिस गरेको हो ।

कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई अध्ययन प्रतिवेदन बुझाएका हुन्। उनका अनुसार बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने गरि मूल्य बढाउन सिफारिस गरिएको छ ।

कार्यदललले कम दूध उत्पादन हुने मौसममा हाल कायम प्रतिलिटर मूल्यमा १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा बढाउन मन्त्रालयलाई सिफारिस गरेको हो । कार्यदलको सिफारिस लाग्गु भएमा दुधको मूल्य प्रति लिटर ९० रुपैयाँसम्म पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको