सचिवालयको निर्णयमा बरिष्ठ नेता नेपालको ‘नोट अफ डिसेन्ट’

२ भाद्र २०७६, सोमबार १२:२२ मा प्रकाशित

काठमाडौँ, २ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन् । आइतबार राति सकिएको बैठकमै नोट अफ डिसेन्ट लेख्न खोजेपनि पाएका थिएनन् । बैठकमा नेता नेपालले लिखित असहमति जनाएमा महासचिव विष्णु पौडेलले निर्णय पुस्तिकामा चढाउने बताईएको थियो ।

सचिवालय बैठकले नेता नेपालको बरियता अर्का बरिष्ठ नेता झलनाथ खनालको भन्दा तल राखेपछि उनी चिढिएका हुन् । त्योसँगै केही जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्जमा समेत नेपालले असहमति जनाएका छन् । कतिपय नेतालाई तेब्बरसम्म जिम्मेवारी दिइएकोमा उनले आपत्ति जनाएका छन् । पार्टी एकतापछि नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी