रबीको पक्षमा प्रदर्शन चर्किएपछि भरतपुरमा निषेधित क्षेत्र

२ भाद्र २०७६, सोमबार ११:१५ मा प्रकाशित

भरतपुर, २ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा निषेधित क्षेत्र घोषणा गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रबी लामिछाने पक्राउ परेपछि उनको समर्थनमा जारी प्रदर्शन चर्किएपछि प्रशासनले निषेधित क्षेत्र तय गरेको हो । प्रशासनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

चितवनका प्रहरी प्रमुख ९एसपी० दान बहादुर मल्लले प्रदर्शनले प्रशासनिक कामकाज प्रभावित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । प्रहरीले अनुसन्धानका लागि लामिछानेसहित ३ जनालाई पक्राउ गरेपछि रबीका समर्थकले ४ दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको