नेकपाको एकताले पूर्णता पायो, तोकिए जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्ज (सूचीसहित)

२ भाद्र २०७६, सोमबार ०९:१४ मा प्रकाशित

काठमाडौँ, २ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज, सह–इन्चार्ज तथा अध्यक्ष र सचिवहरू टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सांगठनिक एकताका बाँकी काम सकेको हो ।

नेकपाले उपत्यका विशेष कमिटी इन्चार्जमा लिलामणि पोखरेल सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई तोकेको छ ।

त्यस्तै युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनिता बराल तोकिएका छन् ।

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, सहइन्चार्जमा कुमार पौडेल, अध्यक्षमा जगत सिंखडा र सचिवमा नरनाथ लुइँटेललाई तोकिएको छ भने पेशागतको इन्चार्जमा केशव नेपाल, सहइन्चार्जमा प्रमेख खनाल, अध्यक्षमा प्रेम पराजुली र सचिवमा कृष्णराज केसी छन् ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्जमा पार्वत गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ र सचिवमा चन्द्र रिजाल तोएिका छन् भने केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डिलाराम आचार्य, विजय गुरूङ र झक्कु सुवेदी छन् । अध्यक्ष प्रह्लाद बुढाथोकी र सचिव नरेन्द्र श्रेष्ठ छन् ।

त्यस्तै किसान संगठनको अध्यक्षमा हरि प्रसाद पराजुली तोकिएका छन भने स्कुल विभागको उपप्रमुखमा बेदुराम भुसाल र प्रचार विभागको उपप्रमुखमा विष्णु रिजाललाई थप गरिएको छ ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ तथा किसानको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवाको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा दिपशिखा छन् भने विद्यार्थीको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टंक कार्की छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

यस्तै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्र भण्डारी र सचिव ध्रुवकुमार आङ्दाम्बे छन् । २ को इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्ज भरत साह, अध्यक्ष सुनिता यादव र सचिव विल्टु यादव छन् ।

३ को इन्चार्जमा गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दोङ, सचिवमा श्याम बस्नेत छन् । प्रदेश ४ को इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्षमा तारा कुमाल र सचिव विष्णु सिक्देल छन् ।

प्रदेश ५ को इन्चार्जमा मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बश्याल र सचिव सुनिता रोकाय छन् ।प्रदेश ६ को सम्पर्क कमिटीमा इन्चार्ज झकबहादुर मल्ल, सहइन्चार्ज गोविन्दविक्रम शाह, अध्यक्ष पूर्णबहादुर मल्ल र सचिव चित्रबहादुर घर्तीमगर छन् भने प्रदेश ७ को सम्पर्क कमिटीमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठगुल्ला र सचिव मेहन्त जोशी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे