निजी क्षेत्रले उत्पादन गरेका सबै विजुली सरकारले किन्छः उर्जामन्त्री पुन

१ भाद्र २०७६, आईतवार १८:३८ मा प्रकाशित

काठमाडौँ, १ भदौ । उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले निजि क्षेत्रले उत्पादन गरेको सबै बिद्युत सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन् ।नेपाल बिद्युत प्राधिकरणको ३४ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सबै बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने भएकोले ढुक्क भएर जलविद्युतमा लगानी गर्न निजि क्षेत्रलाई आग्रह गरेका हुन् ।

प्राधिकरणका अध्यक्ष समेत रहेका मन्त्री पुनले लाईसेन्स दिईसकेपछि उत्पादन भएको बिजुली समेत किन्ने दायित्व सरकार कै भएकोले यसबाट पछाडी नहट्ने बताएका हुन् । उनले निजि क्षेत्रलाई सक्दो लगानी गर्न र विजुली उप्तादन भईसकेपछि सरकार कै नीतिको कारण बिक्रि गर्न समस्या नहुने बताएका हुन् ।

हाल रन अफ द रिभर परियोजनाको खरिद बिक्रि सम्झौता नै हुन् छाडेको सन्दर्भमा उनले भने ुरन अफ द रिभरको हकमा कोटा पुरा भएका कारण केहि समस्या देखिएका छन्, यसलाई सरकारले सम्बोधन गर्छ, निजि क्षेत्रले जति बिजुली उत्पादन गरेपनि प्राधिकरणले किन्छु । उनले स्वतन्त्र उर्जा उत्पादन संघका अध्यक्षलाई यो खबर आफ्ना सबै सदस्यहरु माझ पुर्याईदुन समेत आग्रह गरे ।

उनले देश मै खपत बढाउने सरकारको लक्ष्य भएको र छिमेकि बजारमा समेत इनर्जी बैंकिंङको अवधारणा अनुसार अन्तरिक माग पुरा भएपछि निर्यात गरिने बताए ।

उनले उर्जा मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने र बिद्युत प्राधिकरणलाई संस्थान मध्ये कै उत्कृष्ट संन्स्थान बनाउने घोषणा समेत व्यक्त गरे । कार्यक्रममा मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वको प्रशंशा समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको