ग्यास आपूर्ति रोके ६ महिना थुन्न सकिने कानून सक्रिय तुल्याइंदै

२४ श्रावण २०६९, बुधबार २२:०५ मा प्रकाशित

काठमाडौं, २४ साउन । खाना पकाउने एलपी ग्यास आपूर्ति रोक्ने उद्यमीहरुको विरोध कार्यक्रम रोक्न सरकारले अत्यावश्यक सेवा ऐन सक्रिय तुल्याउने तयारी गरेको छ । व्यवसायीको विरोध जारी रहे बजारमा ग्यासको हाहाकार हुने त्रास यतिबेला सर्वत्र व्याप्त छ । तर, बाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सेवा ऐन सक्रिय तुल्याउने सूचना जारी गराउने उद्देश्यले गृहमन्त्रालयलाई पत्र लेखिसकेको बुझिएको छ ।
अति आवश्यक सेवा ऐनअन्तर्गत पानी, सञ्चार, ग्यासलगायत दैनिक उपभोग्य कुराहरु पर्दछन् । यी सेवाहरुको वितरण र ढुवानीमा अवरोध पुर्याउनेलाई जेल सजायसम्मको कानूनी प्रावधान छ । अत्यावश्यक वस्तुको सेवा उपलब्ध गराउनेले हडताल गर्न पाउंदैन, हडताल गर्नेलाई ६ महिनासम्म कैद र जरिवाना गर्ने प्रावधान रहेको छ भन्दै बाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी लालमणि जोशीले एलपी ग्यास पनि अत्यावश्यक वस्तुको सूचीमा रहेको हुनाले सूचना जारी भएपछि त्यसको आपूर्तिमा व्यवधान पुर्याउन खोज्नेलाई उल्लेखित सजाय ऐन लागू गरिने प्रस्ट्याए । उनले तत्काल सूचना जारी गर्न गृहमन्त्रालयलाई पत्र पठाएको जानकारी पनि दिए ।
वितरण प्रणाली र प्रतिसिलिण्डरमा हुने कमिसन विवादनमिलेपछि ग्यास उद्योगीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल आयल निगमले ग्यास आपूर्ति व्यवस्थित गर्ने भन्दै व्यावसायिक प्रयोजनका निम्ति नीलो रङको र घरायसी प्रयोजनका लागि रातो गरी दुईथरी ग्यास सिलिण्डर बजारमा ल्याउन उद्योगीहरुलाई निर्देशन दिएको थियो । तर ठोस नीतिबिना त्यस्तो व्यवस्थ ागर्न लागिएको भन्दै ग्यास व्यवसायीहरुले त्यसलाई अस्वीकार गरिदिएका छन् । सकभर वार्ताबाट समस्या हल गर्न खोजिने तर वार्तामै आएनन् भने अत्यावश्यक सेवा ऐनसम्बन्धी सूचना जारी गरिदिने र त्यसपछि कानून उल्लंघन गर्नेलाई कानूनबमोजिम सजाय गरिने बाणिज्य तथा आपूर्ति मन्त्रालयको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्