नेपाल र खनालको वरियता विवाद नमिलेपछि नेकपाको सचिवालय बैठक स्थगित

३२ श्रावण २०७६, शनिबार १५:५० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकतालाई पुर्णता दिन शनिबार अपरान्ह ४ बजे बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

शुक्रबार बसेको बैठकले पार्टीको केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको थियो । शनिबार पनि बैठक बसेर एकताका बाँकी काम टुंग्याउने बताईएको थियो । महासचिव बिष्णु पौडेलका अनुसार बैठक भोली आइतबार बस्नेछ ।

भोलीको बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने, प्रदेश कमिटी स्तरीय बिशेष कमिटी गठन गरिने, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको वरीयता स्पष्ट गर्ने लगायतका एजेण्डा छन् । एक केन्द्रीय नेताका अनुसार पार्टीको एकता लगभग सकिएपनि नेता नेपाल र खनालको बरियातामा अध्यक्ष द्वयबीच पर्याप्त छलफल नभएपछि शनिबारको बैठक स्थगित भएको हो । भोली बैठक बस्नुअघि दुवै अध्यक्षले नेपाल र खनालको बरियाताबारे छुट्टै छलफल गर्ने र त्यसपछि मात्रै बैठक बस्ने बताईएको छ ।

आइतबार बस्ने बैठकको समय भने तय भईसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार