पार्टी एकता नगरेको भए हुने रहेछ भन्ने लाग्छः प्रचण्ड

३२ श्रावण २०७६, शनिबार १३:४९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता नगरेर अन्य बिकल्प प्रयोग गरेको भएपनि हुने रहेछ भन्ने आशयको अभिव्यक्ति दिएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले सबै बिकल्प छोडर पार्टी एकता गरिएको भन्दै अब यसलाई सुदृढ बनाउनुपर्ने बताए ।

‘कहिलेकाहीँ पार्टी एकता नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर पनि हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बरबाद पार्ने हो कि भन्ने चिन्ता छ’ प्रचण्डले भने ।

युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भन्नेहरु पनि रहेको स्मरण गर्दै प्रचण्डले अहिले तत्कालिन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टिकाउन नसक्ने भन्दै टिप्पणी हुने गरेको सुनाए । ‘पार्टी एकता पनि असम्भव नै भन्थे हामीले गर्यौ’ प्रचण्डले भने, ‘अब हेर्दै जानुहोला सुदृढ एकतासहित राष्ट्रलाई हाँक्ने पार्टी बन्नेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी