बैंकलाई ब्रोकर लाइसेन्स नदिन निर्देश

३१ श्रावण २०७६, शुक्रबार १९:३१ मा प्रकाशित

काठमाडौँ, ३१ साउन । प्रतिनिधिसभाको अर्थ समितिले बैंकलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देश गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावका आधारमा समितिले नेपाल स्टक एक्सचेञ्जलाई बैंकलाई ब्रोकर लाइसेन्स नदिन निर्देशन दिएको हो ।

सरकारले बैंकहरुलाई सहायक कम्पनी खोलेर ब्रोकर लाइसेन्स दिन सकिने नीति बनाएको छ । १९ वटा बैंकलाई राष्ट्र बैंकले विधान संशोधन गर्न स्वीकृति दिएको छ भने राष्ट्र बैंकको अनुमति लिएर हालसम्म सानिमा बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, सिटिजन्स बेंक र ग्लोबल आइएमई बैंकले सहायक कम्पनी दर्तासमेत गरिसकेका छन् ।

समितिका सभापति कृष्ण दाहाल तत्कालका लागि ब्रोकर लाइसेन्स दिने काम रोक्न भनेपनि यो सधैँका लागि नभएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

आजको प्रमुख समाचार