सचिवहरुको सरुवा तथा पुनस्थापना

२४ श्रावण २०६९, बुधबार १९:४६ मा प्रकाशित

काठमाडौं, २४ साउन । सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा तथा पुनस्थापना गर्दै पॉज जना वरिष्ठ सहसचिवलाई कामु सचिवको जिम्मेवारी तोकेको छ । प्रधामन्त्री कार्यालयमा सिंहदरबारमा मंगलबार सॉझ बसेको मन्त्रीपरिषद् बैठकले सचिवको सरुवा तथा पुनस्थापना गरेको हो ।
बैठकले बन मन्त्रालयका सचिव नवीन घिमिरेलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । त्यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा सूर्य सिलवाल, लोक सेवा आयोगमा नाथु चौधरी, निर्वाचन आयोगमा ज्ञानदर्शन उदास, प्रधानमन्त्री कार्यलयमा धरणीधर खतिवडा र माधव रेग्मी तथा रक्षा मन्त्रालयमा तिलकराम शर्मालाई पदस्थापना गरेको छ । कृषिमा डा गणेशराज जोशी, बनमा डा. कृष्णप्रसाद पौडल, सामान्य प्रशासनमा दुर्गानीधि शर्मा, सार्वजनीक खरिद कार्यालयमा धनबहादुर तामाङ र पर्यटनमा यज्ञप्रसाद गौतमलाई पदस्थापना गरिएको छ ।
बैठकले सुदुर पश्चिमाञ्चलमा डा. हरि दाहाल, पश्चिमाञ्चलमा नारायण गोपाल मलेगु, मध्यमाञ्चलमा रमेश विष्ट, पूर्वाञ्चलमा रणबहादुर श्रेष्ठ र मध्यपश्चिमाञ्चलमा फुल्गेन प्रधानलाई कायममुकायम क्षेत्रीय प्रशासकमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी सरकारले मडागास्करमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दारका लागि परराष्ट्र मन्त्रालयमार्फत उनीहरुलाई स्वदेश फर्काउने र त्यसका लागि आवश्यक खर्चको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार सरकारले तीस वर् भन्दा कम उमेरका महिला कामदारहरुलाई खाडी मुलकमा श्रमीकका रुपमा जान नपाउने निर्णय गरेको छ ।
त्यसैगरी लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा कर्मास्याङ्बो शेर्पालाई पाँच वर्षका लागि मनोनयन गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष डा. भेषराज कँडेलको राजीनामालाई स्वीकृत गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको बीचमा राशनमा रहँदै आएको केही असमानतालाई बैज्ञानिक समायोजन गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री यादवले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल