११ बुदें घोषण पत्र जारी गदैं युवा उद्यमशीलता सम्मेलन सम्पन्न

३० श्रावण २०७६, बिहीबार १८:२१ मा प्रकाशित

काठमाडौँ, ३० साउन । सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । ४३ जिल्लाका ५०० युवाप्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुदें घोषण पत्रजारी गरिएको छ ।

उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिना धितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्ने सम्मेलनको निष्कर्ष छ ।

सम्मेलनमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संकर प्रसाद कोइराला, प्रदेश ३ का उधोग मन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर किरण कुमार श्रेष्ठ, अनिल केशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेत लगायतले आफनो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार)