पुडासैनी आत्महत्या प्रकरणः युवती पक्राउ, रबीमाथि प्रहरीले निगरानी बढायो

३० श्रावण २०७६, बिहीबार १६:५२ मा प्रकाशित

काठमाडौँ, ३० साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले आरोपितलाई पक्राउ गर्न सुरु गरेको छ । प्रहरीले आज ओखलढुंगाकी रुकु भनिने युवती अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

नर्ससमेत रहेकी उनलाई चितवन प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेर चितवन नै लगेको छ । उनलाई पक्राउ गरेसँगै प्रहरीले न्युज २४ का रबी लामिछाने र युवराज कँडेलमाथि पनि निगरानी बढाएको छ । स्रोतका अनुसार आज पक्राउ परेकी अस्मितालाई रबीकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीले समात्न सफल भएको छ ।

चितवनका प्ररही प्रमुख एसपी दान मल्लले पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान सुरु भएकाले रबी र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन् । ‘अनुसन्धान सुरु भईसकेको छ, पुडासैनीले भिडियोमा नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन’ मल्ले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको