सुनको भाउ इतिहासकै महङ्गो

३० श्रावण २०७६, बिहीबार ११:३७ मा प्रकाशित

काठमाडौँ, ३० साउन । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहिबार एकैदिन १२ सयले बढेर तोलाको ७१ हजार ५ सय पुगेको छ । साउन २८ गते सुनको भाउ ७१ हजार प्रतितोलामा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार तोकेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

बुधबार तोलाको ७० हजारमा कारोबार भएको तेजावी सुन पनि १२ सयले बढेर प्रतितोला ७१ हजार २ सय पुगेको छ । आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय र प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ निर्धारण गरेको छ । आज १० ग्राम चाँदीको भाउ ७२० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक