काठमाडौं, २४ साउन । बिना बिल एक किलो सुन सहित एक भारतीय नागरीक पक्राउ परेपछि बिशाल बजारस्थित सुनचाँदी पसलमा प्रहरीले छापा मारेको छ । प्रहरीले बुधवार बिशालबजारस्थित ३१ आई नम्बरको श्री ज्वालाजी टे«डर्समा छापा हानेको हो ।
बस चढी बिरगंज जाने क्रममा रहेका भारत मोतिहारीका ३८ बर्षीय पिताम्बर पासवानलाई एक किलो सुन सहित पक्राउ गरेपछि उनैको बयानका आधारमा प्रहरीले ट्रेडर्समा छापा हानेको हो । केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय प्रहरी वृत कालीमाटीको संयुक्त प्रयासमा मासवानलाई मंगलवार साँझा साढे ८ बजेर १० मिनेट जाँदा पक्राउ गरिएको थियो । टे«डर्सका मालिक बलकृष्ण अग्रवाल हुन् । पासवालनले सुन बिरगंजस्थित श्रीराम आभुषण पसलमा लैजान लगेका थिए ।
प्रहरीले ट्रेडर्सका मालिक अग्रवालसँग सोध पुछ गर्दा पक्राउ गरेको सुन गत साउन २१ गते सिद्धार्थ बैंकबाट खरिद गरिएको देखिएको थियो । बिरगंजस्थित श्रीराम आभुषण पसलले उद्यारोमा उक्त सुन लैजान लागेको हुँदा विन नदिएको अग्रवालले प्रहरीलाई बयान दिएका थिए ।
सिआईवीका प्रहरी निरीक्षक राजन मैनालीका अनुसार विना बिल सुन बिक्रिका लागि लगिएको खबर प्रप्त भएपछि पासवानलाई पक्राउ गरिएको हो । पक्राउ परेको सुनको मुल्य नेपाली बजारमा करिब ४९ लाख पर्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता