बरफको बाकसभित्र २ घण्टा बसेर विश्व रेकर्ड

२९ श्रावण २०७६, बुधबार १३:३७ मा प्रकाशित

एजेन्सी, २९ साउन । अष्ट्रियाका एकजना व्यक्ति २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन् । जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान कायम गरेका हुन् ।

बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र २ घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

यसअघि बरफको बाकसमा समय बिताउने कीर्तिमान चीनका जिन सोंगहाओको नाममा थियो । सन् २०१४ मा उनले ५३ मिनेट १० सेकेण्डसम्म बरफको बाकसभित्र बसेर विश्व रेकर्ड बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन्

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

आजको प्रमुख समाचार