पाकिस्तानी प्रधानमन्त्री खानद्धारा विवादित काश्मिरको भ्रमण

२९ श्रावण २०७६, बुधबार १३:१६ मा प्रकाशित

एजेन्सी, २९ साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार काश्मिर भ्रमण गरेका छन् । भारतले भारत प्रशासित जम्मु काश्मिरको विशेष राज्य अधिकार केन्द्र मातहत राखेपछि खानले पहिलोपटक पाकिस्तानको भू–भागमा पर्ने काश्मिरको भ्रमण गरेका हुन् ।

भारतले जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेपछि पाकिस्तानले भारतविरुद्ध अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिसकेको छ । उसले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक बोलाउन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा औपचारिक अनुरोध पनि गरिसकेको छ ।

जम्मु काश्मिरको तनावपछि पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गर्दै दुई देशीय व्यापार पनि रोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि