नेकपाको सचिवालय बैठक फेरि स्थगित

२९ श्रावण २०७६, बुधबार १३:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ । साउन १३ पछि एकैपटक हिजो मंगलबारका लागि तय भएको बैठक अध्यक्ष द्वयको गृहकार्य नपुगेको भन्दै बुधबार सारिएको थियो । तर बुधबारपनि आन्तरिक छलफलका लागि भन्दै बैठक स्थगित गरिएको छ ।

पार्टीका ३२ विभागमा कसलाई नेतृत्व दिने भन्नेबारेको विवाद टुंगिएपछि मात्रै आगामी बैठक बस्ने बुझिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सबै आजै अध्यक्षद्वयले सबै संगठनको नेतृत्व टुंगो लगाउने र भोली सचिवालय बैठक बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे