ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

२९ श्रावण २०७६, बुधबार ११:१९ मा प्रकाशित

काठमाडौँ, २९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । महाशाखाबाट मंगलबार राति ११ बजे ड्युटिमा निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।

कोटेश्वर चोक नजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर चिकित्सकले बुधबार बिहान ९ बजे उनको मृत्यु भएको घोषणा गरे ।

गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको