नेकपाको जागरण अभियान अलपत्र

२९ श्रावण २०७६, बुधबार ०८:५४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले साउन पहिलो साताबाट जागरण अभियान चलाउने बताएपनि अलपत्र परेको छ । पार्टी एकताका सबै काम सकेर देशभर ‘जागरण अभियान’ मा होमिने भनिएपनि नेकपाको एकता नै टुंगिन सकेको छैन ।

स्कुल विवादको नेतृत्व कसेले लिने भन्नेबाट सुरु भएको नेकपा भित्रको विवाद अहिले छताछुल्ल बनेको छ । गुट उपगुटको अदलबदल समेत भएको बुझिएको छ । केही समयअघि सम्म प्रचण्डको खेमा रहेर अभिव्यक्ति दिँदै आएका बामदेब गौतम अहिले एकाएक ओलीको कित्तामा आइपुगेका छन् ।

झलनाथ खनाल र माधब नेपालबीच पनि आन्तरिक मामिलामा मिल्नुपर्छ भन्ने बारे कुराकानी भईरहेको बुझिएको छ । यदि यसो भएमा झलनाथ र माधबको एउटा गुट बन्नेछ ।

नेकपाले तत्काल एकता टुंगो लगाउने सम्भावना कम भएका कारण जागरण अभियान अलपत्र परेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार