नेकपा सचिवालय बैठक आज बस्दै, ‘हेडमास्टर’ तोक्ने मुख्य एजेण्डा

२९ श्रावण २०७६, बुधबार ०८:४५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विभागको नेतृत्वबारे टुंगो लगाउने प्रयास हुने नेकपाले जनाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्केलगत्तै मंगलबार बैठक बस्ने भनिएको थियो । तर अध्यक्ष द्वय ओली र पुष्पकमल दाहालको गृहकार्य नपुगेको भन्दै बुधबारका लागि सारिएको हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच १५ महिना अघि पार्टी एकीकरण हुँदा ३ महिनाभित्र स्थानीयदेखि केन्द्रसम्म पूर्ण एकीकरण टुंगो लगाउने भनिएपनि अहिलेसम्म अन्तिम टुंगो लाग्न सकेको छैन ।

नेकपामा विभागको जिम्मेवारीका सम्बनधमै विवाद चुलिएको छ । स्कुल विभागमा आएर विभागको जिम्मेवारी हेरफेर अल्झिएपछि धेरै नेताले यसमा आकांक्षा देखाएका छन् । सुरुमा स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच आफूले नेतृत्व पाउनेपर्ने रस्साकस्सी चल्यो । तर अहिले वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, बेदुराम भुसालले पनि आफूले उक्त विभागको नेतृत्व पाउनुपर्ने बताउँदै आएका छन् ।

स्कुलको हेडमास्टर तोक्नेबाहेक सबै विभागको टुंगो लागेको भनिएपनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कुनै पनि विभागमा अन्तिम टुंगो लागिनसकेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

आजको प्रमुख समाचार