अंशवण्डाको झगडामा हत्या

२४ श्रावण २०६९, बुधबार १९:१९ मा प्रकाशित

झापा, २४ साउन । जग्गा अंशबन्डाको झगडाका क्रममा धाइजन २ मा एक व्यक्तिको हत्या भएको छ। आफ्नै दाजु र भतिजाको आक्रमणबाट घाइते भएका ५५ वर्षीय धनप्रसाद प्रसाईंको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो।
प्रहरीका अनुसार धनप्रसादलाई शनिबार बिहान खेत जोत्ने विषयमा उनका दाजु मात्रिकाप्रसाद तथा भतिजा पारसमणि र सूर्यले साङ्घातिक आक्रमण गरेका थिए। धनप्रसाद र मातृकाप्रसाद एकै परिवारका दाजुभाइ हुन्। उनीहरुबीच २०२९ सालदेखि पाँच बिघा जग्गाको अंशबन्डा विवाद सुल्झिन सकेको थिएन।

प्रहरीका अनुसार झगडामा घाइते भएको अवस्थामा धनप्रसादलाई उपचारका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी चौकी चारआलीले जनाएको छ।
हत्याको अभियोगमा मात्रिकासहित पारसमणि र सूर्यलाई प्रहरीले सोमबारै पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका