केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

२९ श्रावण २०७६, बुधबार ०२:०४ मा प्रकाशित

केरला, भारत, २८ साउन (एएनआई)। भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध

वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ । एन्जेला मर्केलको सत्तारुढ

एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

आजको प्रमुख समाचार