उमेरहद विवादमा सर्वोच्चको आदेश, ‘तत्काल कार्यान्वयन नगर्नू’

२८ श्रावण २०७६, मंगलवार २२:२४ मा प्रकाशित

काठमाडौँ, २८ साउन । सर्वोच्च अदालतले राष्ट्र बैंकले तोकेको उमेरहद सम्बन्धि परिपत्र तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको इजलासले राष्ट्र बैंकले उमेरहद लागु गरेपछि पद गुमाएका प्राइम बैंकका सीइओ नारायणदास मानन्धरको रिटमा अन्तरिम आदेश जारि गर्दै श्रेष्ठलाई काम गर्न दिन समेत आदेश दिएको छ ।

सर्वोच्चले सीइओको उमेरहद सम्बन्धि परिपत्र कार्यन्वयन नगर्न आदेश दिएपनि संचालक हकमा सर्वोच्चको आदेशमा केहि उल्लेख छैन ।

नेपाल राष्ट्र बैंकले गत २० गते परिपत्र जारि गर्दै बैंकका सिइओ र अध्यक्षलाई उमेरहद लागु गरेपछि प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मानान्धर सहित एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ र नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेलले अवकाश पाएका थिए । प्राइमका सिइओ मानान्धरले राष्ट्र बैंकले जारी गरेको परिपत्र कानुन बमोजिम नभएको भन्दै साउन २२ गते बुधबार नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै मुद्धा दर्ता गराएका थिए ।

राष्ट्र बैंकले बैंकका सीईओं लागि ६५ वर्ष उमेरहद तोक्दै बहालवाला सीइओ ६९ वर्ष कटेको भए स्वतः अवकाश हुने र संचालकको लागि ७० वर्ष उमेरहद तोक्दै बहालवाल संचालक भए ७४ वर्षमा स्वतः अवकास हुने प्रावधान ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ