डल्फिनः बुद्धिमानी जलचर, जो आठ घण्टा मस्त निदाउँछन्

२८ श्रावण २०७६, मंगलवार १६:२२ मा प्रकाशित

एजेन्सी, २८ साउन । डल्फिन जलचर प्राणी हुन् । तर, तिनीहरु जमिनमा बस्ने मानिससँग निकै नजिक हुन चाहन्छन् । तिनीहरू हाँसीखुसी, प्यारा र खेलप्रेमी हुन्छन् । डल्फिन यस अर्थमा असाधारण हुन्छन् ।

डल्फिन जलचर स्तनधारी प्राणी हुन् । डल्फिनका बच्चा र वयस्कले समुद्री प्राणीको आदर गर्छन् । झट्ट हेर्दा कहिलेकाहीँ मानवजस्तो व्यवहार पनि देखाउँछन् ।

यिनै व्यवहारका कारण वैज्ञानिकले यो निष्कर्ष निकालेका छन् कि डल्फिन अविश्वसनीय रूपले स्मार्ट जीवित प्राणी हुन् । उनीहरू शरीरको बनावटका कारण सुपर फास्ट पौडीबाज हुन्छन् ।

करिब करोडौं वर्ष अघिदेखि पानीमा विचरण गर्दै आएको डल्फिन चारखुट्टे स्थलीय जनावरबाट विकसित भएको ठानिन्छ । ‘डल्फिन’ नाम ग्रिक शब्द ‘डेलफिस’ र ‘डेलफस’बाट आएको हो, जसको अर्थ ‘गर्भसहितको माछा’ भन्ने हुन्छ ।

समुद्रमा विभिन्न प्रजातिका डल्फिन पाइन्छन् । डल्फिनको सबैभन्दा ठूलो प्रजातिमा किलर ह्वेललाई लिइन्छ । यो डल्फिन परिवारको सबैभन्दा जेठो सदस्य मानिन्छ ।

डल्फिनका सबैभन्दा सामान्य प्रजातिहरु अन्टार्कटिका र आर्कटिक महासागरमा पाइन्छ । तर पनि यी बाहेकका जलमण्डलमा प्रायः सबै समुद्री जलमा डल्फिन बसोबास गर्छन् । डल्फिनका प्रजातिमा तिनीहरूको शरीर आकार, फिन र अनुहारमा हुने भिन्नताका आधारमा फरक प्रजातिको पहिचान गरिन्छ ।

डल्फिनहरू तुलनात्मक पानीको माथिल्लो तहमा बस्छन् । तर, तिनीहरू हजारौं फिटमुनिको गहिराइसम्म डुबुल्की मार्न सक्छन् । यिनीहरुले साना माछालाई आफ्नो आहारा बनाउँछन् । खाना छिटो पचाउने यिनीहरुको विशेषता हो ।

डल्फिनहरूले पानी पिउँदैनन् किनकि उनीहरूले आवश्यक पर्ने पानी खाने भोजनबाट पाउँछन् । डल्फिनको दाँत भएतापनि खाना नचपाई सिंगै निल्ने गर्दछन् । डल्फिनको दुई भाग हुन्छन्ः एउटा भोजन भण्डारणका लागि र अर्को पाचनका लागि ।

डल्फिन हल्का जीउका, अत्यधिक लचिलो, तर कमजोर हड्डीहरू भएको प्राणी हो । यसको तुलना जमिनमा कमजोर हड्डी भएका थलचर प्राणीसँग गर्न सकिन्छ । डल्फिनहरू अत्यधिक प्रभावकारी उपचार प्रक्रियामा हुन्छन् ।

गतिशील र चलायमान रहन्छन् । यिनीहरु विभिन्न कलाले सुसज्जित हुन्छन् । यस कारण यिनीहरु सितिमिति कुनै पनि सिकारी शार्क वा अन्य ठूला माछाको मुखमा पर्दैनन् ।

डल्फिनमा अन्य जनावर वा प्राणीको भन्दा लामो स्मरण शक्ति हुन्छ । डल्फिनहरु पानीमा घुमिरहँदा आइपर्ने बाधा, व्यवधान र शिकारी शत्रुको पहिचान हुनासाथ एकले अर्कालाई सहयोग गरी एक जुट भएर प्रहार गर्न थाल्छन् ।

डल्फिनको सुन्ने प्रणाली यति परिष्कृत र उन्नत हुन्छ कि कथंकदाचित दृष्टि गुमाएका डल्फिन पनि शत्रुबाट सजिलै बच्न सक्छन् । डल्फिनलाई गन्धको त्यति धरै अनुभूति हुँदैन । यिनीहरुको घ्राणशक्ति कमजोर हुन्छ । स्वादको पनि त्यति राम्रो अनुभूति गर्दैनन् ।

डल्फिनले नाकलाई सार्क मार्न प्रयोग गर्छन् । यो उनीहरुका लागि अचूक अस्त्र हो । डल्फिनसँग पौडी खेल्ने क्रममा छल्न छलिन लर्किने खालको छाला हुन्छ । आश्चर्य लाग्ने कुरा त के हो भने यदि बाहिरी छालामा चोट पर्न गएमा छालाको त्यो बाहिरी सतह दुई घण्टामा पुनः ताजा भएर आइहाल्छ ।

यद्यपि, डल्फिनको फोक्सो हुन्छ । तिनीहरुले मानिसले जस्तो श्वास फेर्छन् । तिनीहरू जमिनमा बस्न सक्दैनन् किनभने तिनीहरूसँग खुट्टा हुँदैनन् । अर्को कुरा पानी बाहिरको वातावरण निकै तातो पनि छ ।

डल्फिनहरू प्रत्येक दिन आठ घण्टा सुत्छन् । उनीहरु पनि मानिसझैं निद्रा पुर्‍याउने गर्छन् । बाँकी समय आहाराको खोजी र पौडी खेलेर बिताउँछन् । डल्फिन सामान्यतया प्रतिमिनेट तीनदेखि पाँचपटक श्वास फेर्न पुनः सतहमा आउँछन् ।

डल्फिनहरू निरन्तर निद्रामा हुँदैनन् । छिनछिनमा बिउँझने र सुत्ने गर्छन् । यसो गर्नुको कारण हो, उनीहरुमाथि दुस्मनबाट आक्रमण नहोस् ।

गर्भावस्थामा, महिला डल्फिनले एक पटकमा एक बच्चा पाउँछन् । कहिलेकाँही ती बच्चाहरु जुम्ल्याहा पनि हुन्छन् । बच्चा जन्माएपछि, पोथी डल्फिनले आफ्ना नानीहरुलाई केही महिनासम्म ढाडमा बोकेरै हुर्काउँछन् ।

डल्फिन आमाहरू आफ्ना बच्चाहरूलाई अत्यन्त पौष्टिक र शक्तिबर्धक दूध चुसाउने गर्दछन् । एउटा डल्फिनको औसत आयु २० देखि २५ वर्ष हो, तर तिनीहरू ५० वर्षसम्म बाँच्न सक्छन् ।

डल्फिन अत्यन्त वुद्धिमान समुद्री जीवहरू हुन् । तिनीहरू सिक्न, खेल्न, सामजिक बनाउन, र मानव जत्तिकै शोक अनुभूत गर्न सक्छन् । डल्फिन परोपकारी स्वभावका हुन्छन् । लामो समयसम्म बिरामी वा घाइते जीव वा व्यक्तिहरूसँग बस्न रुचाउँछन् ।

डल्फिन एकआपसमा कुराकानी गर्दछन् । डल्फिनहरू एक अर्कालाई उनीहरूको नाममा बोलाउँछन् । डल्फिन प्रायः १ हजारको संख्यामा सामूहिक यात्रा गर्दछन् । डल्फिन एक्लै बस्नै सक्दैनन् । तिनीहरु प्रतिघण्टा २० माइलको यात्रा गर्छन् ।

यो उनीहरुका लागि सहज यात्रा हो । डल्फिनले मानवको क्रियाकलाप र तरंगहरू समात्ने गर्दछन् । वैज्ञानिकहरूले अझै बुझ्न सकेका छैनन् किन किन डल्फिनहरू पानीबाट बाहिर हाम फाल्छन् । तिनीहरूमध्ये केही हावामा २० फिट माथि उफ्रिन्छन् । ठूलो सेतो सार्क, टाइगर सार्क, डस्की सार्क, र बैल सार्क डल्फिनका दुस्मनहरु हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने