ओलीले ओकले भारत भ्रमणको गुह्य पाटो

२४ श्रावण २०६९, बुधबार १८:०८ मा प्रकाशित

भक्तपुर, २४ साउन । उपचारका लागि भन्दै नयांदिल्ली पुगेर गत साता मात्रै स्वदेश फर्किएका एमालेका नेता केपी शर्मा ओलीले आफ्नो भारत यात्राको गुह्य आफैंले खोल्ने लक्षण देखाएका छन् । प्रेस चौतारी नेपाल भक्तपुर शाखाद्वारा आज आयोजित कार्यक्रममा उनले दिएको अभिव्यक्तिबाट यस्तो सङ्केत देखिएको हो ।
भक्तपुर बालकोटस्थित नेता ओलीकै निवासमा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले सहमतीय सरकारको नेतृत्व लागि नेपाली कङ्ग्रेसले तत्काल नाम दिनुपर्ने नत्र आफै उम्मेदवार हुने उदघोष गरे। सहमतीय सरकारको नेतृत्व नेपाली कङ्ग्रेसले गरोस् भनेर नेतृत्व लिने व्यक्तिको नाम मागिएको उल्लेख गर्दै ओलीले भने, ‘कङ्ग्रेसलाई प्रधानमन्त्रीका लागि नाम देऊ भनेको छौं तर आफ्नो आन्तरिक कलहका कारण नाम दिन सकिरहेको छैन, काँग्रेसले तत्काल नाम दिनुपर्छ, आफ्नो आन्तरिक कलहका कारण सहमतीय सरकार गठन कार्य अवरुद्ध गर्न पाइँदैन।’ कांग्रेसले सरकारको नेतृत्व नगरे एमालेबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको उनले खुलेर बताए ।
उनले भने, ‘कांग्रेसले नाम दिन नसके अनि एमाले पार्टीले मेरो नाममा उम्मेदवारको निर्णय गरेमा र अन्य पार्टीले पनि मलाई समर्थन गरेमा म प्रधानमन्त्रीको उम्मेदवार हुनेछु।’
उनले राष्ट्रपति संविधानको संरक्षण भएकाले संवैधानिक कदम चालेर कामचलाउ सरकारलाई बर्खास्त गर्न सुझाव दिए।

आफू संविधानसभा पुनस्र्थापनको खिलाफमा रहेको स्पष्ट पार्दै उनले संसद एवम् संविधानसभा पुनःस्थापनाको निरर्थक प्रयास कसैले गर्न नहुने बताए । चार वर्षमा जारी गर्न नसकेको संविधान केही दिनका लागि संविधानसभा ब्युँताएर नहुने भन्दै उनले नयाँ जनादेश मै जानुपर्ने जिकीर गरे। भारत भ्रमणका क्रममा भारतका केही नेतासँग भेट गरेर नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुरा गरेको र आफूले स्पष्ट रूपमा सहमतीय सरकार गठन गर्ने धारणा राखेको पनि उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर